विश्वकप टी-२० क्रिकेटःनेपाल र सिंगापुरसँग खेल्दै
-
साउन १२, २०७६ काठमाडौं ।
सिंगापुरमा जारी आईसीसी टी-ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले निर्णयक खेलमा सिंगापुरको सामना गरिरहेको छ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
सिंगापुर र नेपालबीचको यस खेलको विजेता नै शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुनेछन् ।
समूहमा एक खेल मात्रै बाँकी छँदा ५ अंकसहित सिंगापुर शीर्ष स्थानमा छ भने ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।
आजको खेल जित्ने टोली एसियाबाट ग्लोबल छनोटमा पुग्नेछ । यो खेल हुन नसकेर अंक बाँडिएको अवस्थामा सिंगापुरले माथिल्लो चरणमा ठाउँ बनाउनेछ ।
यही अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा १४ देशले सहभागिता जनाउनेछन् ।
उक्त प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छानिनेछन् ।
एसियाली छनोटअन्तर्गत हिजो भएको खेलमा कुवेतलाई ७ विकेटले हराउँदै नेपालले आजको खेलपूर्व आयोजक सिंगापुरमाथि दबाब बढाएको हो ।