Trending :
 

च्याम्पियन्स ट्रफी क्रिकेटमा इंगल्याण्डको शानदार सुरुआत, बंगलादेश ८ विकेटले पराजित

जेठ १९,२०७४

-

जेठ १९ –

च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक इंगल्याण्डले बंगलादेशलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

बिहीबार भएको उद्घाटन खेलमा आयोजक इंगल्याण्डले बंगलादेशलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जवाफमा ३०६ रनको लक्ष्य इंगल्याण्डले ४७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। बंगलादेशले दिएको ३ सय ६ रनको लक्ष्य घरेलु टोलीले १६ बल खेल्न बाँकी छँदा नै पुरा गर्यो ।

लण्डनस्थित ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले तमिम इकवालको शतक मद्दतमा ६ विकेट गुमाउँदै ३०६ रन बनाएको थियो ।

इंग्ल्यान्डको जितमा जो रुटले एकदिवसीय क्रिकेटमा आफ्नो सर्वा्धिक व्यक्तिगत स्कोर बनाउने क्रममा अविजित १ सय ३३ रनको इनिङ खेले । यसैगरी अलेक्स हेल्सले ९५ रन तथा ईओन मोर्गानले अविजित ७५ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन जोडेको थियो । बंगलादेशका लागि तमिम इकबालले १२ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक १ सय २८ रन जोडेका थिए । कप्तान मुस्फिकर रहिमले ७९ रन जोडे। बलिङमा इंगल्याण्डका लियम प्लनकेटले ४ विकेट लिए।

जितसंगै इंगल्याण्डले समूह ए मा २ अंक जोडेको छ ।

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्नेछन् ।