Trending :
 

अमेरिकाको सुराकी विभागका प्रमुख डानले दिए राजिनामा

श्रावण १३,२०७६

-

साउन १३,२०७६ काठमाडौं । 
अमेरिकाको सुराकी विभागका प्रमुख डान कोट्सले राजिनामा दिएका छन् ।
 
कोट्सले केही समय अघि नै राजिनामा दिएपनि राष्ट्रपति ट्रम्पले उनको ठाउँमा जोन र्‍याटक्लिफलाई नियुक्त गरेपछि मात्र यसबारे सार्वजनिक भएको हो ।
 
यससँगै कोट्स ट्रम्प प्रशासन छोड्ने पछिल्लो उच्च पदस्थ ब्यक्ति बनेको बीबीसीले जनाएको छ ।
 
राष्ट्रपति ट्रम्पले गएको जनवरीमा प्रमुख कोर्ट निष्कृय रहेको र इरानले उत्पन्न गर्न सक्ने खतराबारे बेखबर रहेको आरोप लगाएका थिए ।