‘टुर डे फ्रान्स’ साईक्लिङको उपाधि कोलम्बियाका एगान बर्नाललाई

श्रावण १३,२०७६

-

साउन १३,२०७६ काठमाडौं । 
 यस वर्षको ‘टुर डे फ्रान्स’ साईक्लिङ प्रतियोगिताको उपाधि कोलम्बियाका एगान बर्नालले जितेका छन् ।
 
उपाधिसँगै २२ वर्षिय बर्नालले ‘टुर डे फ्रान्स’ को १ सय १० वर्षे इतिहासमा उपाधि जित्ने कान्छा खेलाडीको कीर्तिमान पनि बनाए ।
 
अघिल्लो दिनसम्म रेस लिडर रहेका इनियोस टिमका राइडर बर्नाललाई अन्तिम दिनको खेलमा कसैले पनि च्यालेन्ज गरेनन् ।
 
उनकै टिमका खेलाडी एवं साविक विजेता गेराइन्ट थोमस यसपटक दोस्रो स्थानमा समेटिए ।
 
३ हजार ४ सय ८० किलोमिटर लामो टुर डे फ्रान्स विश्वकै कठिन एवं ठूला तीन साईक्लिङ प्रतियोगिता मध्येको एक हो ।
 
२१ चरणमा हुने टुर डे फ्रान्सको यो एक सय छैटौं संस्करण हो । प्रतियोगितामा २२ टिमका १ सय ७६ साईकल राइडरहरुले प्रतिस्पर्धा गरेका थिए ।