Trending :
 

तारा नुमिहाङ्ग राईको स्वरमा रहेको गीत ‘मुटु किन...’ सार्वजनिक

श्रावण १३,२०७६

-

साउन १३,२०७६ काठमाडौं । 
नब गायिका तारा नुमिहाङ्ग राईको स्वरमा रहेको गीत ‘मुटु किन...’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
 
फूलचन्द्रमा एल्बममा रहेको गीत ‘मुटु किन...’को भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल आकाश श्रेष्ठ र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ ।
 
शम्भु राईले निर्माण गरेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन भने सम्पादन विकास धमलाले गरेका छन् ।