जेठ १९,२०७४
-
जेठ १९ -
फोटो पत्रकारितामा क्रियाशील सञ्चारकर्मीलाई दक्षता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको ‘फोटा पत्रकारिता सेवाकालीन तालिम’ राजधानीमा सुरु भएको छ ।
सूचना विभाग र पिजे क्लबको सहयोगमा सञ्चालित उक्त तालिममा विभिन्न सञ्चार माध्यमका २५ जना फोटो पत्रकार सहभागी छन् । यही जेठ १७ देखि सुरु भएको तालिम जेठ २३ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा सुचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, सूचना विभागका महानिर्देशक कृष्ण राई , नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट लगायत अनलाइन तथा छापा माध्यममा कार्यरत फोटोपत्रकारहरुको सहभागीता रहेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङका अनुसार सूचनाको महत्वपूर्ण अंगका रुपमा फोटो पत्रकारहरु रहेको हुनाले उनीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न सीपमूलक तालिम आवश्यकता छ ।
पिजे क्लबका अध्यक्ष विकास कार्कीले फोटो पत्रकारिताको विकासका लागि क्लबले विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताउँदै व्यावसायिक पत्रकारको हक हित तथा अधिकारका लागि संस्था क्रियाशील रहेको जानकारी दिए ।
तालिममा वर्ल्ड प्रेस फोटो मास्टर क्लासको नोमिनेशन कमिटीका प्रतिनिधि समेत रहेका फिलिपिनका प्रशिक्षक जिम्मी डोमिङो, नरेन्द्र श्रेष्ठ लगायतले प्रशिक्षण दिइरहेका छन् ।
प्रमुख समाचार