जेठ १९,२०७४
-
जेठ १९ -
ऋचा शर्मा अभिनित सामाजिक सन्देशमुलक म्युजिक भिडियो ‘आकाशैको नौलाखे तारा’ रिलिज भएको छ । विहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हस्तलिखित गलैंचाका विश्वप्रसिद्ध डिजाइनर जोन केथले भिडियो सार्वजनिक गरेका हुन् ।
छिरिङरितार शेर्पा निर्देशित भिडियोमा ऋचा, टीकाभक्त जिरेल र गलैंचा उत्पादनमा सक्रिय कामदारहरुले अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै निर्देशक शेर्पाले जीवनका वास्तविक पात्रको कथालाई पर्दामा उतार्न पाउँदा निकै खुशि महसुस भएको बताए । अभिनेत्री शर्माले यथार्थ पात्रको जीवनमा अभिनय गर्न पाउनु खुसीको कुरा भएको बताइन ।
“आकाशैको नौलाखे तारा” बोलको म्युजिक भिडियोमा उनी गलैँचा उद्योगको प्रचार एवं प्रर्वद्धनमा जुटेकी हुन् । रियालिस्टिक चलचित्रमा काम गर्न मन पराउने ऋचाले अब म्युजिक भिडियो पनि रियालिस्टिक खालकै गर्न थालेकी छिन् । गलैँचा उद्योगमा काम गरेर नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ् भन्ने सन्देश “आकाशैको नौलाखे” ताराले दिएको छ । गितले रोमान्टिक शैलीमा गलैँचा उद्योगको महत्व र आवश्यकतालाई चित्रण गरेको छ ।
भिडियोलाई प्रशान्त तामाङ र युनाइटेड मल्टी आर्ट्सले संयुक्त नृत्य निर्देशन गरेका हुन् ।
प्रमुख समाचार