Trending :
 

नेपाल टेलिकम र एनसेलका टावरहरुमा आगजनी

श्रावण १६,२०७६

-

बुटवल । अज्ञात समुहले बुधवार राति ५ नम्बर प्रदेशका नेपाल टेलिकम र एनसेलका टावर विभिन्नमा आगजनी भएको छ । आगजनी कसले गर्यो भन्ने कुनै जानकारी आएको छैन ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित धुपही, अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानको अमजा, पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१० मगरकोट टावरमा आगजनी भएको हो । क्षतिको बिबरण र आगलागीको कारण प्रहरीले खोजिरहेको छ । नेत्र बिक्रम चन्दको नेकपाले कर नतिरेको भन्दै पहिला एनसेलका टावरमा आगजनी गरेको थियो ।  सरकारलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेकपा चन्दले समयअघि विभिन्न स्थानका एनसेलका टावरमाथि आगजनी गरेकाले बुधवार राति पनि सोही चन्दकै कार्यकर्ताले आगजनी गरेको अनुमान प्रहरी स्रोतले गरेको छ ।
अन्य स्थानमा एनसेलका टावरमा र अर्घाखाँचीको पाणिनीमा नेपाल टेलिकमको टावरमा आगजनी भएको हो ।