Trending :
 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

श्रावण १७,२०७६

-

साउन १७,२०७६ काठमाडौं ।
 
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले १० लाख १ हजार १ सय रुपैंया जम्मा गरेका छन्  । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज  प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहात रकमको चेक  महासंघका अध्यक्ष केशव वडाल र बैंकका अध्यक्ष केबी उप्रेतीले हस्तान्तरण गर्नुभएको हो ।
 
चेक बुझेपछि प्रधानमन्त्री ओलीले विपत्तीमा परेकाहरुलाई उद्धार र पुनस्र्थापनाका  लागि सहकारीकर्मीहरुले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
 
अध्यक्ष वडालले विभिन्न सहकारी संस्था र सहकारीकर्मीहरुबाट रकम संकल गरेर विपत्तीमा परेकाहरुलाई सहयोग गरिएको बताउनुभएको छ ।