Trending :
 

मिस टिन नेपाल २०१९ को दोश्रो अडिसन !

बिभिन्न कलेजबाट ३० जना युवतीहरु अडिसनमा सहभागी भए

श्रावण १७,२०७६

-आस्था न्युज

श्रावण १७ ,२०७६, काठमाडौँ l काठमाडौँ जेसीसले मिस टिन नेपालको दोश्रो अडिसन लिएको छ l शुक्रबार जेसीसले १६ देखि १९ बर्ष सम्मको युवतीहरुका लागि आयोजना गर्न लागेको सुन्दरी प्रतियोगिताको अडिसन लिएको हो l काठमाडौँ जेसीसले यस अघि गत शनिबार पहिलो अडिसन लिएको थियो l

 

मिस टिन नेपाल २०१९ को दोश्रो तथा अन्तिम अडिसन शुक्रबार सम्पन्न भएको छ l  काठमाडौँ जेसीसले आयोजना गर्न लागेको मिस टिन नेपाल २०१९ को लागि यस अघि गत शनिबार पहिलो अडिसन सम्पन्न गरिसकेको छ l मिस टिन नेपाल २०१९ कार्यक्रमका  अध्यक्ष जेसी निरोज खतिवडाका अनुसार दोश्रो अडिसनमा बिभिन्न कलेजबाट ३० जना युवतीहरु अडिसनमा सहभागी भएका थिए l  पहिलो र दोश्रो अडिसनबाट प्रतिस्पर्धीहरु छनौट गरी मंगलबारबाट तालिम शुरु गरिने छ l  

 

कार्यक्रम बारे २० गते सोमबार एक पत्रकार सम्मेलन गरी जानकारी गराउने र  सोहि दिन अभिभावक भेला समेत गराउने खतिवडाले बताए l उनका अनुसार , प्रतियोगीतामा सन् २००९ का सेकेण्ड रनरअप कुन्चांग मोक्तानबाट  सहभागीहरुलाई तीन हप्ताको तालिम प्रदान गरिने छ र प्रतियोगिताको फिनाले भाद्र १३ गते हुने छ  l मिस टिन नेपाल २०१९ को ईभेन्ट म्यानेजमेन्ट पार्टनरका रुपमा क्रियटिभ माईन्ड एन्ड ईभेन्ट प्रा. लि. रहेको छ l 

 

शुक्रबार सम्पन्न अडिसनमा काठमाडौँ जेसिसका अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठ , पुर्व अध्यक्षहरु सिनेटर इनु थापा, सिनेटर  दिपक भण्डारी , कार्यकारीणी उपाध्यक्ष जेसी कैलाश श्रेष्ठ ,  कोषाध्यक्ष जेसी एन्जिला खड्का , मिस टिन २०१५ दृष्टि के.सी, मिस टिन २०१७ कि उपविजेता मेरी लिम्बुको जज प्यानल रहेको थियो l

 

 काठमाडौँ जेसीसले सन् २००२ देखि प्रत्येक बर्ष मिस टिन नेपालको आयोजना गर्दै आएको छ l मिस टिन नेपाल २०१९ १६ औ संस्करण हो l काठमाडौँ जेसिसले महिला शसक्तिकरणको सामाजिक कार्यक्रम अन्तर्गत मिस नेपाल र मिस टिन नेपाल आयोजना गर्दै आएको हो l १६ बर्ष देखि १९ बर्ष सम्मका युवतीहरुको लागि अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार संचालन हुने मिस टिन नेपाल प्रतियोगित मिस नेपाल पछिकै सबैभन्दा ठुलो सुन्दरी प्रतियोगिता समेत हो l