डिसेम्बर १ देखि हुने १३ औं सागको तयारी अनुगमन गर्न संसदीय उपसमिति गठन

श्रावण १९,२०७६

-

 साउन १९, २०७६ काठमाडौं । 
 
नेपालमा हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुदको तयारी अनुगमन गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति गठन गरेको छ ।
 
जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिमा गजेन्द्र बहादुर महत, नबिना लामा, नमिता कुमारी चौधरी र नारायण मरासिनी सदस्य छन् ।
 
१३ औ साग डिसेम्बर १ देखि १२ सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । खेलकुदको तयारीको सम्बन्धमा अनुगमन निरीक्षण गर्न उपसमिति गठन गरिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
 
समितिलाई सागको तयारीबारे प्रतिवेदन बनाएर बुझाउन भनिए पनि समयावधि तोकिएको छैन ।