Trending :
 

आर्थिक गतिविधि

सुन्तला विक्रीबाट एकै वर्षमा २४ करोडको आम्दानी

चैत्र ११,२०७३

-

११,२०७३चैत्र,भोजपुर-

भोजपुरमा सुन्तला उत्पादन यस वर्ष ह्वात्तै बढेको छ | सुन्तला उत्पादनमा व्रिद्दी भएसँगै यहाँ सुन्तला बिक्रीबाट यस वर्ष २४ करोड रुपयाँ आम्दानी भएको छ |

जिल्ला कृषि कार्यालय भोजपुरका अनुसार यस वर्ष करिब ८ सय मेक्ट्रीक्टनले सुन्तला उत्पादनमा वृद्धि भएको हो |

गत वर्ष वर्ष ७ हजार २ सय  २४ मेक्ट्रीटन  उत्पादन भएको सुन्तला यस वर्ष बढेर ७ हजार ९ सय २० मेक्ट्रीटन उत्पादन भएको छ | जिल्ला कृषि कार्यालय भोजपुरका वागवाणी अधिकृत कृष्ण रेग्मीका अनुसार ‘सुन्तलाको उत्पादन बढेसँगै यस वर्ष सुन्तलाबाट २३ करोड ७६ लाख आम्दानी भएको छ | गत वर्ष १८ करोड, ११ लाख २५ रुपैयाँ मात्र आम्दानी भएको थियो |’

 जिल्लाको अन्नपूर्ण क्षेत्रमा २ हजार ८ सय ४७, दिंला क्षेत्रमा १ हजार १५, रानीवास क्षेत्रमा १  सय ५७ मेक्ट्रीटन र जिल्लाको सबै ठाउँमा गरी  ७ हजार ९ सय २० मेक्ट्रीटन सुन्तला उत्पादन भएको जिल्ला कृषि कार्यालयले जनाएको छ |