भारतबाट भित्रिएको आलु र प्याजमा विषादीको मात्रा धेरै !

श्रावण २०,२०७६

-

साउन १०,२०७६ काठमाडौं ।
 
भारतबाट भित्रिएको प्याजमा पनि विषादी भेटिएको छ । प्रदेश सरकारले स्थापना गरेको प्रयोगशालामा परीक्षण गर्दा भारबाट भित्रिएको प्याजमा पनि विषादी भेटिएको हो । प्रयोगशालामा भारतबाट आयातित आलुमा विषादीको मात्रा उच्च भएको फेला परेको छ ।
 
एक महिनाअघि स्थापना भएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालामा परीक्षण गरिएका स्थानीय तरकारीमा विषादीको मात्र भने न्यून देखिएको छ ।
 
बाली संरक्षण प्रयोगशालामा सुनसरीको भान्टाबारी हुँदै नेपाल भित्रिएका आलु र प्याज परीक्षणका लागि आउँछन् । ती तरकारी परीक्षण गर्दा मात्रा उच्च देखिएको हो ।
 
भारतबाट आयातित आलुमा ३० ‘इनिविसन’ विषादी मापद गरिएको छ । ३५ इनिबिसन भन्दामाथि विषादी मापन गरिएको तरकारी प्रयोग गर्न अयोग्य मानिन्छ ।
 
नेपालमा बिक्रीका लागि भित्रिएका आलु प्रयोग गर्न मिल्ने भएपनि विषादीको मात्र नेपालमा उत्पादन भएका तरकारी भन्दाबढी मात्रामा भेटिएको प्रयोगशालाका प्राबिधिकहरु बताउँछन् ।
 
कार्वामेट र अर्गानो सल्फेट विषादीको समुहको परिक्षण गर्दा स्थानीय तरकारीमा भने विषादीको मात्रा न्यून पाइएको नायब प्राबिधिक सहायक सीता बरालले जानकारी दिइन् ।
 
सुनसरी भन्सारबाट ल्याएको भारतीय आलुको नमूना परीक्षण गर्दा अर्गानोफस्फेट अधिकतम ३०(३२ इनिबिसनसम्म पाइएको छ । व्याजमा पनि १० इनिबिसनसम्म अर्गानो सल्फेटको मात्र भेटिएको छ । 
 
स्थानीय उत्पादनमा भने अधिकतम २५ इनिबिसनसम्म विषादीको मात्रा भेटिएको छ ।