श्रावण २०,२०७६
-आस्था न्युज
श्रावण २०,२०७६, काठमाडौँ l मिस टिन नेपाल २०१९ को प्रतिस्पर्धीहरुको छनौट गर्दै तालिम शुरु गरेको छ l काठमाडौँ जेसीसले सोमबार एक पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो l
भाद्र १३ गते सम्पन्न हुने मिस टिन नेपाल २०१९ को लागि काठमाडौँ जेसीसले प्रतिस्पर्धीहरुको छनौट गरी तालिम शुरु गरेको छ l जेसिसले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत प्रतिस्पर्धीको छनौटको नतिजा सार्बजनिक गर्दै तालिम शुरु गरेको बताएको हो l दुई चरणमा लिईएको अडिसनबाट ३० जना प्रतिस्पर्धी छनौट भएका छन् l प्रतियोगिताको कोडियोग्राफमा कुन्चांग मोक्तांग र ईभेन्ट म्यानेजमेन्ट पार्टनरका रुपमा क्रियटिभ माईन्ड मिडिया प्रा.लि. रहेको पत्रकार सम्मेलनमा काठमाडौँ जेसिसका अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठले बताउनुभयो l
छनौट भएका प्रतिस्पर्धीहरुलाई १८ दिन सम्म बिभिन्न विषय र विधामा तालिम प्रदान गर्दै उनीहरुमा भएको प्रतिभा प्रष्फुटन गर्ने र भाद्र १३ गते फिनाले गर्दै सन् २०१९ का लागि मिस टिन नेपाल छनौट गर्ने मिस टिन नेपाल २०१९ का कार्यक्रमको अध्यक्ष निरोज खतिवडाले बताए l
काठमाडौँ जेसीसले सन् २००२ देखि प्रत्येक बर्ष मिस टिन नेपालको आयोजना गर्दै आएको छ l मिस टिन नेपाल २०१९ १६ औ संस्करण हो l काठमाडौँ जेसिसले महिला शसक्तिकरणको सामाजिक कार्यक्रम अन्तर्गत मिस नेपाल र मिस टिन नेपाल आयोजना गर्दै आएको हो l १६ बर्ष देखि १९ बर्ष सम्मका युवतीहरुको लागि अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार संचालन हुने मिस टिन नेपाल प्रतियोगित मिस नेपाल पछिकै सबैभन्दा ठुलो सुन्दरी प्रतियोगिता समेत हो l
पत्रकार सम्मेलनमा काठमाडौँ जेसिसका अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठ , पुर्व अध्यक्षहरु सिनेटर सुशील कुमार श्रेष्ठ ,सिनेटर इनु थापा, कार्यकारीणी उपाध्यक्ष जेसी कैलाश श्रेष्ठ , महासचिव अनुप सुनुवार , कोर्डियोग्राफ कुन्चांग मोक्तांग , मिस टिन २०१७ संजु मोक्तांग , अभिभावाकहरु लगायतको उपस्थित रहेको थियो l
प्रमुख समाचार