एन्फा र गोरखा नगरबीच प्रशिक्षण केन्द्र निर्माणको सम्झौता

श्रावण २२,२०७६

-

साउन २२,२०७६ काठमाडौं ।
गोरखा नगरपालिका र अखिल नेपाल फुटबल संघ ९एन्फा० बीच खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ। 
 
जिल्ला फुटबल संघ गोरखाको समन्वयमा सदरमुकाममा बुधवार नगरप्रमुख राजनराज पन्त र एन्फा केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पाबीच सम्झौता भएको हो।
 
‘प्रशिक्षण केन्द्रका लागि गोरखा नगरपालिकाले कार्यपालिकाको बैठकबाट आर्थिक वर्ष ०७६/७७ का लागि ६० लाख बिनियोजन गरेको छ’, नगरप्रमुख पन्तले भने। एन्फाले पनि ६० लाख बरावरको बजेट बिनियोजन गरेर गोरखा नगरपालिका १० को दरौँदी किनारमा रहेको छेवेटार खेलमैदान सँगै खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्न लागेको हो। 
 
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘जग्गा उपलब्ध, नक्सा लगायतका काम नगरपालिकाले छिटो गरिदिएको खण्डमा हामीले एक वर्षभित्र प्रशिक्षण केन्द्र निर्माण गर्नेछौँ।’
 
गोरखामा एउटा पनि प्रशिक्षण केन्द्र नहुँदा यहाँका खेलाडीको क्षमता बिकास हुन नसकेको, राष्ट्रिय खेलाडी यहाँ आउने, प्रशिक्षण गर्ने, खेल्ने अवस्था नभएको भन्दै नगरपालिकाले एन्फासँग साँझेदारी गरेको नगरप्रमुख पन्तले बताए। 
 
गोरखामा ११÷११ जना खेलाडी खेल्न मिल्ने मैदान थिएन। गोरखा सदरमुकामको हरमटारी खेलमैदान सहरको बिचमा रहेको, बिस्तार गर्ने ठाउँ नभएको, नौ÷नौ जना मात्रै खेल्नुपर्ने अवस्था थियो।