जेठ २१,२०७४
-
जेठ २१ -
राष्ट्रिय खेलकुद परिषद्को १ सय ८ औं बोर्ड बैठकले खेलकुद अस्पताल र खेलकुद विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले आठौं राष्ट्रिय खेलकुद हालकै संरचना कायम रहेको अवस्थामा मध्यपश्चिमाञ्चलमा गर्ने निर्णयलाई अनुमोदन गरेको छ । गत पुस १५ गते पूर्वाञ्चलको धरानमा भएको सातौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७५ सालमा गर्ने गरी आठौं राष्ट्रिय खेलकुदको झण्डा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरिएको थियो । त्यति बेला मन्त्रीस्तरीय निर्णय भएकोमा शनिबारको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको हो । यदि नयाँ संरचना कार्यान्वयन भएमा सोही वर्षको मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रदेश नम्बर ५ को बाँके र दाङमा गर्ने निर्णय गरेको छ ।
खेलाडी विशेष सुविधा कार्यविधि- २०७३ का सम्बन्धमा सम्बद्ध पक्षसंग सहमति लिइ कार्यान्वयन गर्न प्रकृया अगाडि बढाउने तथा राखेपको केन्द्र, प्रदेश र स्थानिय तहको संगठन संरचना तथा व्यवस्थापन तालिका- २०७४ लाई पुनारोवोलन गरी मन्त्रालयमा पठाउने निर्णय भएको छ । यसैगरी वैठकले सातौं राष्ट्रिय खेलकुद आयोजनाको प्रगति समीक्षा सम्बन्धको आर्थिक पक्षमा १५ दिन भित्र पेश्की फस्र्यौट गराई खर्चको विवरण पेश गर्ने, नपुग रकम माग गर्ने र लामो समयदेखि रोकिएको कर्मचारीको पदपूर्ति र बढुवा प्रकृयालाई कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार