भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि

श्रावण २२,२०७६

-

साउन २२,२०७६ काठमाडौं ।
भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
 
लोधी रोडस्थित विद्युतीय शव दाहागृहमा उनको अन्त्येष्टि गरिएको हो । उनकी छोरी बाँसुरीले अन्तिम संस्कारको धार्मिक संस्कार पूरा गरिन् ।
 
अन्त्येष्टिका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीका नेताहरु उपस्थित थिए । यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि भाजपा कार्यालयमा राखिएको थियो ।
 
भारतकी पहिलो पूर्णकालीन महिला विदेशमन्त्रीसमेत रहेकी स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति  निधन भएको थियो ।