लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक
-
ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा सार्वजानिक भएको छ ।
चुम्लुङका सचिव यासेली योङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङ, चलचित्रका निर्देशक किशोर सुब्बा र निर्माता मनि ताम्लिङको उपस्थितिमा ट्रेलर सार्वजानिक भएको हो ।
लिम्बू भाषामा निर्मित चलचित्रको नेपाली अर्थ ‘पैचो’ हुन्छ । सिक्किमको क्याम्पसस्तरमा पढाई हुने थेत्लङ उपन्यासलाई चलचित्रमा ढालिएको हो । उपन्यासका लेखक देउमान होन्दाक लिम्बू हुन् ।
चलचित्रका संगीतकार समेत रहेका यादन शेर्माले स्वागत मन्तव्य दिँदै चलचित्र कस्तो भन्ने कुरा हेरेर मात्रै थाहा हुने बताएका थिए ।
चलचित्रका निर्देशक किशोर सुब्बाले बैरागी काइलाले दिएको सुझाव लिम्बू भाषामा आधुनिकता ल्याउनुपर्ने लाई मनन् गर्दै चलचित्र बनाइएको बताए