योगेश भट्टराईको नाम जोडेर कर्मचारी सरुवामा चलखेल

श्रावण २६,२०७६

-

काठमाडौं । मन्त्री हुनु अघि नेकपाका युवा नेता योगेश भट्टराईको आडमा एक सरकारी बिचौलियाले उधुम मच्चाएका छन् । हालै नियुक्ति भएका संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्रीमा नियुक्ति भएपछि भट्टराईको शक्तिलाई दुरुपयोग गरेर पहिलेदेखि नै केहि ब्यक्तिले चलखेल गरेका थिए । यसरी चलखेल गर्नेमा मन्त्री योगेशका आफन्त भरत भट्टराई प्रमुख रुपमा रहेका छन् ।
 
उनि समायोजनमा परेर बनस्पती बिभाग सरुवा भइसकेका छन् । तर, स्वंय औषधी बिभागमा आफ्नो जिम्मेवारी थमौती गर्न लागीरहेका छन् । उनले आफ्नो स्वार्थ पुरा गर्न औषधी ब्यबस्था बिभागका महानिर्देशक नारायण प्रसाद ढकाललाई मन्त्री भट्टराईको आडमा प्रयोगशालामा सरुवाको खेल रचेको कर्मचारी संयन्त्रमा निकै चर्चा चलेको छ । 
 
 ढकाललाई केहि दिन अघि बिभागको महानिर्देशकबाट सरुवा गरेर औषधी प्रयोगशाला पठाइएको छ । कर्मचारी समायोजनका नाममा ढकाललाई सरुवा गर्न मन्त्री भट्टराईका आफन्त पर्ने भरतले चलखेल गरेको स्रोतले जनाएको छ । उनि स्वंय यस बिभागमा १० औं तहका कर्मचारी समेत हुन् । उनले मन्त्री मेरो मान्छे हो भन्दै कर्मचारी सरुवामा आतंक जस्तै फैलाएको पीडित कर्मचारीहरु सुनाउँछन् ।
 
मन्त्री भट्टराईका आफन्त र उनि निकटका बिभिन्न ब्यक्तिहरुले सरुवामा चलखेल गर्न थालेका पीडित कर्मचारीहरुले गुनासो गरेका छन् । पार्टी भित्र लोकप्रिय रहेका युवा नेता योगेश भटट्राई मन्त्री भएपछि धेरैले आसा राखेका छन् । यस्तै बिचौलियाकै कारण कतै उनको बदनाम हुने त होइन, अहिले कर्मचारीवृतमा चर्चा चलेको छ ।
 
अहिले बिभागको  महानिर्देशक पदमा ११ औं तहको कर्मचारीलाई सरुवा गरेर हालै १० औं तहका पानबहादुर क्षेत्रीलाई निमित्त बनाएर ल्याइएको छ ।
 
तत्कालीन महानिर्देशक तथा नेपाल सरकारका ११ औं तहका अधिकृत ढकालले सरकारी सुविधा अन्र्तगत प्राप्त गर्दै आएको गाडी भरतले खोसिदिएका स्रोतले बतायो । उनले बा २ झ ३६२८ को गाडी खोसेका हुन् ।
 
स्रोतका अनुसार पूर्वाग्रही ढंगबाट तत्कालीन महानिर्देशक ढकालले प्रयोग गर्दै आएको गाडी विभागीय उच्चधिकारीले नियन्त्रणमा लिने काम भएको र पछि मन्त्रालयका  सचिव  राम प्रसाद थपलियाको ठाडो निर्देशनपछि गाडी मन्त्रालय पठाएको स्रोतले जनायो ।