Trending :
 

भारत र पाकिस्तान भिड्दै

भारत र पाकिस्तान च्याम्पियन्स ट्रफीमा भिड्दै

जेठ २१,२०७४

-

जेठ २१ -

च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताकै बहुप्रतिक्षित खेलमा भारत र पाकिस्तानले आइतबार प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको पहिलो खेलमा विजयी सुरुवात गर्न आतुर यी दुई टोलीको खेल नेपाली समयानुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

एडबस्टनमा आज यि दुई बिचको खेल निकै रोमाञ्चक रहने छ किनकि यी दुई टोलि १ वर्ष पश्चात एकअर्कासँग भिड्न मैदानमा उत्रिँदैछन् । गत वर्ष भारतमै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणमा दुईबीच प्रतिस्पर्धा भएको थियो ।

आफ्नो पछिल्लो ५ खेलमध्ये ३ खेलमा जित हात पारेको भारत प्रतियोगिताको उपाधिको दावेदार टोलीमध्य एक बलियो टोली हो। कप्तान विराट कोहलीको नेतृत्वमा रहेको टोलीलाई क्रिकेट विश्लेषकहरुले विशेष टोली रहेको संज्ञा दिएका छन्। भारतलाइ खेलअघि खेलाडी छनोटमा भने केहि समस्या हुने देखिन्छ। भारतले उमेश यादव, भुवानेश्वोर कुमार, मोहमद शामी र जस्प्रित बुमराहमध्य एक खेलाडीलाई विश्राम दिनुपर्ने हुन्छ। यसैगरी पाकिस्तानमा पनि बलर छनोटमा केहि समस्या आउन सक्छ। पेस बलरलाई सहयोग पुग्ने पीच भएकाले पाकिस्तानले स्पिनर शादाब खानलाई विश्राम दिन सक्ने सम्भावना छ। जुनेद खान र वाहब रियाजमध्ये १ खेलाडीले सुरुवाती एघारमा स्थान पाउने छैनन्।

पाकिस्तानका कप्तान सफराज अहमेदले भारतविरुद्धको प्रतिस्पर्धा सधैँ महत्वपूर्ण हुने बताएका छन् । च्याम्पियन्स ट्रफीको ड्रदेखि नै आफू भारतसँग खेल्न प्रतीक्षा गरेको उनले बताए । ‘हामीले आजको खेललाई महत्वका साथ लिएका छौँ,’ अहमेदले भने, ‘बलिङमा भन्दा हामीले ब्याटिङमा सुधार गर्नुपर्छ ।’ यता, साबिक विजेता भारतका कप्तान विराट कोहलीले पाकिस्तानविरुद्धको खेल सामान्य रूपमा लिएको बताए । ‘धेरैले पाकिस्तानसँगको खेल गाह्रो र दबाबपूर्ण हुने बताउँछन् तर मेरो नजरमा यो सामान्य खेल हो, हामी जसरी अन्य प्रतिद्वन्द्वीविरुद्ध खेल्छौँ, त्यहीँअनुसार खेल्ने हो,’ कोहलीले भने ।