इम रानाको कप्तानीमा नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा

श्रावण २६,२०७६

-

साउन २६,२०७६ काठमाडौं । 
नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले आइतबार प्रेस विज्ञप्ति निकाल्दै इम राना मगरको कप्तानीमा प्रतियोगिताको लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो । 
 
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन र सागलाई मध्यनजर गर्दै मुख्य प्रशिक्षक हान एबिङले बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय खेलाडीबाट १४ सदस्सीय टोली घोषणा गरेका हुन् । 
 
नेपाली टोलीमा तीन नयाँ खेलाडीले स्थान पाएका छन् । जसमा त्रिभुवन आर्मी क्लबका राजेन्द्र बिष्ट र दुर्गा बहादुर खड्का तथा एपीएफका टेकराज अवस्थीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । 
भदौ २ देखि भदौ ७ गतेसम्म सञ्‍चालन हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्क्मििनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
 
नेपाली टिम  
 
ईम बहादुर राना मगर (कप्तान)
कुलबहादुर थापा (उपकप्तान)
दिपक राज जोशी
धनबहादुर भट्ट
विशाल विक
राजेन्द्र विष्ट
टेकराज अवस्थी
हरिबहादुर अधिकारी
दुर्गा बहादुर खड्का 
नरेन्द्र गिरी
ईश्वर थापा मगर
राजकुमार निरौला
हरिहजुर थापा
विनोद बहादुर चन्द