कुलमानको मेहनतः विद्युत प्राधिकरण ७ अर्ब नाफामा

श्रावण २८,२०७६

-

साउन २८,२०७६ काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ ।
 
सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५-७६ मा ७ अर्ब २० करोड नाफा भएको बताउनुभयो । आर्थिक वर्ष २०७४-७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो  । यो तुलनामा २०७४-७५ मा भन्दा १४९ प्रतिशतले धेरै हो ।
 
यस्तै ब्याज र रोयल्टी गरी गएको आर्थिक वर्षमा प्राधिकरणले १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरेको छ ।
 
यस्तै चुहावट पनि १५.३२५ मा झरेको छ । यो अघिल्लो वर्ष भन्दा ५.१३ प्रतिशतले कमी हो । आव २०७४-७५ मा चुहावट २०.४५५ रहेको थियो ।
 
यस्तै गत वर्ष ७ अर्ब ५५ करोड युनिट बिजुली खपत भएको छ  । यसमध्ये प्राधिकरणको ३४ प्रतिशत, निजी उत्पादकको २९ र भारतबाट ३७ प्रतिशत आयात भएको छ । 
यस्तै अहिलेसम्म ७८ प्रतिशत अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ । गत वर्ष मात्रै १०५ ग्राहक बढेका छन ।
 
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब प्राधिकरणमा धेरै सुधार भएको र अब पछाडि नजाने बताउनुभयो ।