पोखराको न्युरोडमा रहेका ४ वटा पसलमा आगलागी

श्रावण २८,२०७६

-

साउन २८,२०७६ काठमाडौं ।
कास्कीको पोखरा महानगरपालिका न्यूरोडमा भीषण आगलागी हुँदा ३२ वटा सटर जलेर नष्ट भएका छन् । भाटभाटेनी सुपरमार्केट नजिकैको जोडिएको एस मार्केटमा मंगलबार अपरान्ह आगलागी भएको हो । 
 
आगो नियन्त्रणका लागि ३ वटा दमकल र आधा दर्जन ट्यांकर प्रयोग गरिएकोथियो। आगो निभाउन स्थानीय र सुरक्षाकर्मीहरु खटिएका थिए।