स्वास्थ्य फलोअपका लागि प्रधानमन्त्री भदौ ४ गते राति सिंगापुर जाने

भाद्र ०२,२०७६

-

भदौं २,२०७६ काठमाडौं ।
प्रधानमन्त्री केपी ओली २०७६ भदौ ४ गते राति सिल्क एयरबाट स्वास्थ्य परीक्षणका लागि फेरि सिंगापुर जाने कार्यक्रम तय भएको स्रोत बताउँछ । 
 
२०७६ साउन १८ गते स्वास्थ्य परीक्षण र आराम गर्न भनेर सिंगापुर गएर १० दिनपछि २०७६ साउन २७ गते स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सेवन गर्न थालेको औषधिले असहज स्थिति उत्पन्न गर्न थालेपछि चिकित्सकहरुकै सल्लाहमा उनी पुनः स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्न लागेका हुन् । 
 
२० बर्ष अगाडि मृगौला परिवर्तन गरेका प्रधानमन्त्री ओलीलाई सिंगापुरका डाक्टरहरुले पछिल्लो परीक्षणपछि औषधि परिवर्तन गरिदिएका थिए । परिवर्तित औषधिको असर मूल्यांकन गर्नकै लागि प्रधानमन्त्री ओलीको सिंगापुर बसाई दुई दिन लम्बिएको हो पनि भनिन्छ ।
 
 सिंगापुरका डाक्टरहरुको सल्लाहअनुसार खान थालेको नयाँ औषधिले असहज बनाउन थालेपछि उनको स्वास्थ्य परीक्षण गरिराखेको चिकित्सकहरुको टोलीले पुनः उक्त औषधि र त्यसले पु¥याएको असरका सम्बन्धमा परीक्षण गर्नका लागि सिंगापुर २०७६ भदौ ५ गतेलाई समय निर्धारण गरिएको थाहा भएको छ । साँघु