दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सिफारिस

भाद्र ०२,२०७६

-

भदौ २,२०७६ काठमाडौं ।
दूध प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढाउन सिफारिस गरेको छ । दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले मूल्य बढाउन सिफारिस गरेको हो ।
 
साउन २९ गते गठित कार्यादलले सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाललाई अध्ययन प्रतिवेदन पेश गर्दै प्रशोधित दूधको नयाँ मूल्य सिफारिस गरेको हो ।
 
मन्त्रालय स्रोतका अनुसार कार्यदललले प्रशोधित दूधको मूल्य मौसमका आधारमा दुईथरि कायम गर्न सकिने प्रस्ताव प्रतिवेदनमा गरिएको छ ।
 
कम दूध उत्पादन हुने मौसम (लिन सिजन) मा हाल कायम प्रतिलिटर मूल्यमा १४.२९ प्रतिशत आर्थात १० रुपैयाँ बढाउन सकिने र अत्यधिक उत्पादन हुने मौसम ९फ्लस सिजन० मा ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा थप्न कार्यदलले मन्त्रालयलाई सिफारिस गरेको छ ।
 
कार्यदलको सिफारिस हुबहु कार्यन्वयन भएको खण्डमा अब अत्यधिक उत्पादन हुने मौसम असोजदेखि फागुनसम्म दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ कायम हनेछ भने चैतदेखि भदौसम्मको समय प्रतिलिटर ९० रुपैयाँ पुग्नेछ ।
 
मन्त्रालयले किसान र उपभोक्ताको हित, दूग्ध उत्पादन समय, गुणस्तर, उत्पादन लागत, अन्तर्राष्ट्रिय बजार, मूल्य वृद्धिको प्रभाव, दूध उत्पादनमा मौसमी प्रभावजस्ता विषय अध्ययन गरेर मूल्य सिफारिस गर्ने जिम्मेवारी तोकेको थियो ।