‘नागरिकप्रिय’ पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पुनः पाँच दिन म्याद थप

भाद्र ०३,२०७६

-

काठमाडौं । जिल्ला अदालत चितवनले नागरिकप्रिय पत्रकार रवि लामिछाने र युवराज कंडेललाई थप ५ दिन थुनामा राख्न मंगलबार आदेश दिएको छ । प्रहरीले १० दिन मागेकोमा अदालतले ५ दिनको लागि थुनामा राख्न अनुमति दिएको हो ।
 
पत्रकार शालिकराम पुडासैनी प्रकरणमा लामिछाने सहित तीनलाई अनुसन्धानको लागि थप पाँच दिन थुनामा राख्न आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले छानविन प्रक्रिय पूरा नभएको कारण देखाउँदै थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । 
 
 गत साउन २० गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए । सोही विषयमा छानविनका क्रममा सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्रा्ष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।