कमल खत्रीको पहिलो माया म्युजिक भिडियो सार्वजनिक

भाद्र ०५,२०७६

-आस्था न्युज

भाद्र ०५ ,२०७६ l  कमल खत्रीको पहिलो माया बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l युवाहरुले अति धेरै मन पराएको पहिलो माया बोलको गीतको म्युजिक भिडियो  आज युटुबमा अपलोड गर्दै यसलाई सार्वजनिक गरिएको हो l

 

पहिलो माया टाईटल रहेको गीत युवाहरुलाई लक्षित गरिएको छ l यस गीतले प्रेमी-प्रेमिकालाई तिमि मेरो पहिलो माया भएको भन्दै आफ्नो प्रेम चोखो रहेको आभास गराउन खोजेको छ l गीतकार एवं रचनाकार सुदिप लम्सालको मर्मस्पर्सी शब्द रहेको यस गीतले युवाहरु माझ छोटो समयमा लोकप्रियता कमाउन सफल भएको छ l

 

गायकार कमल खत्री र सिम्पल खरेलको जोडी रहेको  यस म्युजिक भिडियोको दृश्यांक मनोरम रहेको छ l गीतको कथा र छायांकन पनि हेर्न लाएकको रहेको छ l म्युजिक भिडियोको निर्देशन समेत सिम्पल खरेलले गरेकी छन् l 

 

लोकप्रिय गायक कमल खत्रीको मिठो स्वरमा सज्जित पहिलो माया बोलको गीतलाई कम्पोज पनि कमल खत्रीले नै गरेका छन् l सुत्र इन्टरटेनमेन्टमा रेकर्डिङ गरिएको यस  गीतलाई रिकेश गुरुङले अर्रेंज गरेका हुन् र रिकर्डोङमा एलिक के.सी. रहेका छन् l