मिस टिन नेपाल २०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न

मिस टिन नेपाल २०१९ को ताज पहिरनका लागि आफ्नो दाबेदार प्रस्तुत

भाद्र ०७,२०७६

-आस्था न्युज

भाद्र ०७ ,२०७६, काठमाडौँ l मिस टिन नेपाल २०१९ को  ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ l  काठमाडौँ जेसीसले नयाँ पत्रिका संगको अनुबन्ध गरिएको  मिस टिन नेपाल २०१९ को ट्यालेन्ट राउण्ड काठमाडौँमा आज सम्पन्न गरेको हो l

 

काठमाडौँमा सम्पन्न भएको मिस टिन नेपाल २०१९ को ट्यालेन्ट राउण्डमा  प्रतिस्पर्धी २१ जना युवतीहरुले आफुमा भएको प्रतिभा प्रस्तुत गर्दै आफुलाई मिस टिन नेपाल २०१९ को ताज पहिरनका लागि आफ्नो दाबेदार प्रस्तुत गरेका थिए l ट्यालेन्ट राउन्डमा प्राप्त अंकले मिस टिनको छनौटको नाजितामा  प्रभाव पर्ने भएकाले प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने क्रममा नृत्य , गायन , बक्तित्व कला लगायतको प्रतिभाले निर्णायक मण्डलको मन जित्न निकै  कोशिस गरेका थिए l मिस टिन नेपाल २०१९ का कार्यक्रमका अध्यक्ष निरोज खतिवडाले भाद्र १३ मा हुने फिनालेमा ट्यालेन्ट राउन्डको नतिजा समेटिने बताए l

 

काठमाडौँ जेसिसले आयोजन गरेको मिस टिन नेपाल २०१९ को ट्यालेन्ट राउण्डको प्रमुख निर्णायकमा काठमाडौँ जेसिसका पुर्व अध्यक्ष सिनेटर सुशील श्रेष्ठ रहेका थिए l अन्य निर्णायक मण्डलमा मिस टिन नेपाल २०१७ सन्जु मोक्तान , इमेज च्यानलका उप  कार्यकारी  निर्माता सुश्री अनुसा पौडेल , र मिस टिन नेपाल २०१७ कि उपविजेता दिया सिजापति रहेका थिए l  कार्यक्रममा रोजी गिरीको उत्कृष्ट उत्घोशन रहेको थियो l

 

खतिवडाका अनुसार , मिस टिन नेपाल २०१९ को फिनाले यहि भाद्र १३ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुनेछ l प्रतियोगिताको  कोर्डियोग्राफ कुन्चांग मोक्तांगले गरेकी छन् l

 

काठमाडौँ जेसीसले सन् २००२ देखि प्रत्येक बर्ष मिस टिन नेपालको आयोजना गर्दै आएको छ l मिस टिन नेपाल २०१९ १६ औ संस्करण हो l काठमाडौँ जेसिसले महिला शसक्तिकरणको सामाजिक कार्यक्रम अन्तर्गत मिस नेपाल र मिस टिन नेपाल आयोजना गर्दै आएको हो l १६ बर्ष देखि १९ बर्ष सम्मका युवतीहरुको लागि अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार संचालन हुने मिस टिन नेपाल प्रतियोगित मिस नेपाल पछिकै सबैभन्दा ठुलो सुन्दरी प्रतियोगिता समेत हो l