थरुहट प्रदेशका लागि फेरी आन्दोलन गर्नुपर्ने प्रस्ताव !

भाद्र ०८,२०७६

-

भदौ ८,२०७६ काठमाडौं ।
टीकापुरमा भइरहेको थरुहटःथारुवान राष्ट्रिय सम्मेलनमा संविधान संशोधनसहित थरुहट प्रदेशका लागि फेरि आन्दोलन गर्नुपर्ने मुद्दा प्रस्ताव गरिएको छ । 
 
आइतबार सुरु भएको बन्दसत्रमा अधिकारका लागि शान्तिपूर्ण आन्दोलनको प्रस्ताव गएिको हो। बन्दसत्रमा मुलुकभरीका एक हजार थारु अगुवाहरु सहभागी छन्। बन्दसत्रमा थरुहट प्रदेशका लागि आन्दोलनको विकल्प नभएकोमा एकमत देखिएका छन्।
 
आन्दोलनका लागि आवश्यक पर्ने संगठनको नामाकरणका लागि पनि प्रस्ताव गरिएको छ। त्यससँगै आन्दोलनका लागि आवश्यक पर्ने जनशक्ति, आवश्यक पर्ने संगठन र आन्दोलनका चरणका बारेमा पनि छलफल भइरहेको छ।
 
०७२ भदौ ७ गते थरुहट आन्दोलनका क्रममा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएपछि थरुहट आन्दोलन सेलाएको थियो। उक्त दिनलाई थरुहट बिद्रोहका रुपमा मान्दै टीकापुरमा सम्मेलन गरिएको हो।