जेठ २२,२०७४
-
जेठ २२ –
च्याम्पियन्स ट्रफी क्रिकेटमा आइतबार भारत र पाकिस्तान बिचको खेलमा भारतले १ सय २४ रनको विजय हात पारेको छ ।
टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको भारतले ३१९ रन बनाउन सफल भएको थियो । एडबस्टनमा भएको खेलमा वर्षा वाधक भएपश्चात ३ पटक खेल बिथोलिएको थियो । भारतले पाकिस्तानका लागि ३१९ रनको लक्ष्य दिने क्रममा ४ खेलाडीले अर्धशतक बनाए । रोहित शर्मा ९ रनले शतक बनाउन चुक्दै सर्वाधिक ९१ रन बनाउन सफल भए । यस्तै शिखर धावनले ६८, विराट कोहलीले नट आउट ८१, युवराजले ५३ तथा हार्दिक पाण्डेले नट आउट २० रन बनाए ।
भारतको इनिङमा युवराज सिंह र हार्दिक पाण्ड्याको ब्याटिङ लोभलाग्दो थियो । यिनीहरुले बिस्फोटक ब्याटिंग गर्दै खेललाई रोमान्चक बनाएका थिए । बिस्फोटक ब्याटिंग गर्ने क्रममा युवराजले ३२ बलमा १ छक्का र ८ चौकाको सहयोगले ५३ रन बनाए । उनी यसका लागि म्यान अफ दि म्याच घोषित भए । यस्तै पुछारमा आएका पाण्डेले एकै ओभरमा तीन छक्का प्रहार गरेर सनसनी मच्चाए ।
वर्षा बाधक भएपछि डर्कवर्थ एन्ड लुइस नियमका कारण भारतले ३ सय १९ रन बनाए पनि पाकिस्तानले ४८ ओभरमा ३ सय २४ रनको लक्ष्य पाएको थियो। तर, पाकिस्तानी इनिङमा पुनः वर्षा बाधक भएपछि ४१ ओभरमा २ सय ८९ रनको नयाँ लक्ष्य पायो । ४१ ओभरमा २८९ रनको लक्ष्य पाएको पाकिस्तानले ३३.४ ओभरमै १६४ रन बनाएर अल आउट हुनपुग्यो ।
पाकिस्तानी ब्याट्सम्यानमध्ये सुरुवाती क्रममा रहेका अजहर अलीले मात्रै अर्धशतक बनाउन सके । अहमद सेहजाद र अजर अलीको प्रारम्भिक जोडीले ४७ रनको साझेदारी गर्नु बाहेक अन्य कुनै ब्याट्सम्यान प्रभावशाली देखिएनन् । मोहम्मद हाफिजको ३३ रन जोडे ।
ग्रुप बीको यो म्याचबाट भारतले जितसँगै २ अङ्क पाएको छ भने पाकिस्तान पराजित भएर सून्य अङ्कमा रोकिएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार