मिस टिन नेपाल २०१९
भाद्र १२,२०७६
-आस्था न्युज
भाद्र १२ , २०७६ काठमाडौँ l मिस टिन नेपाल २०१९ को प्रतियोगी चण्डिका थापा मगर प्रतियोगी नम्बर ०३ बाट प्रतिष्पर्धामा गर्दैछिन् l चण्डिका काठमाडौँ जेसीसले नयाँ पत्रिका संगको अनुबन्धमा गर्न लागेको सुन्दरी मिस टिन नेपाल २०१९ का लागि प्रतिष्पर्धामा रहेकी छिन् l
सिनामंगल निवासी १७ बर्षय सुन्दरी चण्डिका थापा मगर साईबर एकेडमीबाट १२ कक्षा उतीर्ण गरिसकेकी छन् l प्रतिभाशाली हसिलो अनुहारकी चण्डिकालाई गाउन , नाच्न र घुम्न मन पर्छ l आफुमा बिश्वास भए सबै कुरा सम्भव छ भन्ने उनि यस बर्षको मिस टिन नेपाल २०१९ को उपाधि जित्ने दाउमा छिन् l यसका लागि उनले भरपुर मेहनत पनि गरिरहेकी छन्
यहि भाद्र १३ गते काठमाडौँमा सम्पन्न हुने मिस टिन नेपाल २०१९ को २१ प्रतिस्पर्धीलाई पछि पार्दै मिस टिन को ताज पहिरहन् उनि आतुर रहेको देखिन्छिन् l यसका लागि उनलाई हाम्रो शुभकामना l यदि तपाई उनलाई मिस टिन नेपाल २०१९ भएको देख्न चाहानु हुन्छ भने उनलाई भोट गरेर सहयोग गर्न सक्नुहुन्छ l
काठमाडौँ जेसीसले सन् २००२ देखि प्रत्येक बर्ष मिस टिन नेपालको आयोजना गर्दै आएको छ l मिस टिन नेपाल २०१९ १६ औ संस्करण हो l काठमाडौँ जेसिसले महिला शसक्तिकरणको सामाजिक कार्यक्रम अन्तर्गत मिस नेपाल र मिस टिन नेपाल आयोजना गर्दै आएको हो l १६ बर्ष देखि १९ बर्ष सम्मका युवतीहरुको लागि अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार संचालन हुने मिस टिन नेपाल प्रतियोगित मिस नेपाल पछिकै सबैभन्दा ठुलो सुन्दरी प्रतियोगिता समेत हो l
प्रमुख समाचार