Trending :
 

सुन प्रतितोला साढे ७३ हजार रुपैयाँमा कारोबार

भाद्र १८,२०७६

-

भदौ १८, २०७६ काठमाडौं । 
बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ ।
 
मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय तथा तेजावी ७२ हजार २ सय थियो । गत भदौ ९ गते पनि सुनको मूल्य आजकै बराबर थियो ।
 
तीजको केही दिन पहिले बिस्तारै घट्न थालेको सुनको मूल्य बुधबार पुनः बढेको हो । भदौ १३ र १५ गते सुनको मूल्य घटेको थियो । बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य ८९५ रुपैयाँ तोकिएको थियो ।
 
सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि बिक्री ठप्प भएको व्यवसायीको गुनासो छ ।