कृषि मन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण

भाद्र १९,२०७६

-

भाद्र १९,२०७६ काठमाडौं ।
कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगी संक्रमण भएको छ। मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि उनी अस्पताल पुगेका थिए।
 
बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले गरेको परीक्षणपछि उनलाई डेंगी भएको पुष्टी भएको थियो। अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
 
मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीका अनुसार मन्त्री खनालको स्वास्थ्यमा सुधार भइरहेको छ।