Trending :
 

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

भाद्र १९,२०७६

-

भदौ १९,२०७६ काठमाडौं। 
सरकारले दूधको मूल्य एकैपटक लिटरमा ६ रुपैयाँ बढाएको छ ।
 
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले मन्त्रीस्तरीय निर्णय गर्दै दूधको मूल्य बढाउन स्वीकृति दिएपछि दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
 
योसँगै अब प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ पर्नेछ भने आधा लिटरको एक प्याकेट दूधको मूल्य ३८ रुपैयाँ पर्नेछ ।
 
बढाइएको मूल्य आउँदो शनिबारदेखि लागू हुने जनाइएको छ ।
 
किसान तथा डेरी उद्योगहरुले लागत बढेको भन्दै दूधको मूल्य बढाउन दबाब दिएकाले मूल्य बढाइएको कृषि मन्त्रालयको दाबी छ ।
 
बढाइएको मूल्यबाट ६९ प्रतिशत किसानले पाउने र बाँकी डेरी उद्योगहरुले पाउनेछन् ।
 
सरकारले दुई वर्षअघि पनि दूधमा प्रतिलिटर ६ रुपैयाँले नै मूल्य बढाएको थियो ।
 
दूधको मूल्यवृद्धिको प्रभाव दही, मही, पनिर, आइसक्रिम, मिठाइ लगायतका दुग्धजन्य पदार्थहरुमासमेत पर्नेछ ।