“नेशनल फेस्टिबल म्युजिक अवार्ड-२०७६” को आवेदन फर्म खुला

भाद्र २०,२०७६

-

भदौ २०,२०७६ काठमाडौं ।
“अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन कला, गला,संस्कृती संरक्षणमा हाम्रो अभियान” भन्ने मुलनारा सहित “नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक भएको छ । यस अवार्डमा बिभिन्न बिधा गरी जम्मा २० वटा बिधा तोकिएको छ ।
 
सामना म्युजिक क्रियशन प्रा.लि. द्धारा आयोजित यस “नेशनल फेस्टिबल म्युजिक अवार्ड-२०७६” मा आबेदन फर्म शुल्क रु १ हजार निर्धारण गरिएको छ । 
 
यस अवार्डमा दशै, तिहार र प्रदेशी गीत मात्र समाबेश गरिने छ । गायक गायिकाको हकमा भिडियो बजारमा नआएतापनि अडियोको हकमा सहभागी हुन सकिने आयोजकले जनाएको छ ।
 
यही भदौ २४ गते सम्मका लागी अवार्डको आबेदन फर्म खुल्ला गरिएको हो । अवार्ड सफल बनाईदिन सहयोगीदाता र कलाकारहरुसंग आयोजक पक्षले अनुरोध समेत गरेको छ । अवार्डको आबेदन फर्म भर्नका लागी सामना म्युजिक क्रियशन प्रा.लि.को कार्यालय, अनामनगर, काठमाडौं ९८६८१५५५०६, ९८४७६५८९६० मा सम्पर्क गर्नुपर्ने छ ।