Trending :
 

सरकारले बढाएको दूधको मूल्य शनिबारदेखि लागु, प्रतिलिटर ७६ रुपैयाँ

भाद्र २१,२०७६

-

भदौ २१, २०७६ काठमाडौं ।
 
सरकारले बढाएको दूधको मूल्य शनिबारदेखि लागु भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले बढाएको दूधको मूल्य शनिबारदेखि लागू भएको हो ।
 
अब एक लिटर दूधको मूल्य ७६ रुपैयाँ पर्ने दुग्ध विकास संस्थान डीडीसीले जनाएको छ । बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउने छन् ।
 
दूधको मूल्यबारे अध्ययन गरी सिफारिस गर्न गठन भएको कार्यदलले कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र धेरै उत्पादन हुने मौसममा ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सुझाव दिए पनि अहिले मन्त्रालयले ६ रुपैँया मात्रै बढाउने निर्णय गरेको हो ।