भारतीय चन्द्रयान-२ को चन्द्रमामा अवतरण गर्ने प्रयास असफल

भाद्र २१,२०७६

-

भदौ २१, २०७६ काठमाडौं ।
भारतले जुलाइ २२ मा प्रक्षेपण गरेको चन्द्रयान २ चन्द्रमामा अवतरण गर्ने प्रयास असफल भएको छ ।
 
आज बिहान १ देखि साढे २ बजेको अन्तरालमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पूर्वतयारी भएपनि अन्तिम समयमा यान सम्पर्क विहिन भएको वैज्ञानिकहरुलाई उध्रित गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
चन्द्रयान २ अवतरणको नजिकै पुगेपछि प्राविधिक समस्या आएको बताइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि यान अवतरण गरेको छैन ।
 
भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो)ले चन्द्रयान अवतरण हुनु केही समयअघि मात्र हराएको बताएको छ । सन् २००८ मा भारतले पहिलो पटक चन्द्रमामा रेकट प्रक्षेपण गरेको थियो ।
 
योसँगै भारत चन्द्रमामा रकेट पठाउने चौथो राष्ट्र भएको छ । चन्द्रमामा रकेटको सफ्ट ल्याण्डिङ गराउनु चुनौतीपूर्ण रहेको इस्रोका वैज्ञानिकहरुले बताएका छन् । चन्द्रमामा भन्दा मंगलग्रहमा यस्तो ल्याण्डिङ गराउन सजिलो हुने बताइएको छ । (एजेन्सी)