Trending :
 

गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने वायुसेवालाई प्रोत्साहन गरिने

भाद्र २१,२०७६

-

भदौ २१,२०७६ काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्माण सम्पन्नको चरणमा गइरहेको भैरहवा विमानस्थलबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई विभिन्न प्रकारको छुट दिएर प्रोत्साहन गरिने बताए। 
 
उनका अनुसार नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउँदै छ। सोही वर्षको सुरुवातमै भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ। 
 
यो विमानस्थलबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई ल्याण्डिङ, पार्किङ, एयर नेभिगेसन, इन्धनसहितको सुविधामा छुट दिइने तयारी भइरहेको छ। यो विमानस्थलबाट उडान तथा अवतरणको लागि सरकारले केही छुट दिएर वायुसेवा कम्पनीलाई प्रोत्साहन गरिने जानकारी पनि दिए। 
 
साथै उनले नेपालमा विभिन्न देशबाट आउने मुस्लिम पर्यटकको लागि पनि राजधानी भित्रै वा नजिकै प्रार्थना केन्द्र बनाएर आकर्षित गर्नुपर्ने बताए। उनका अनुसार पाँच तारे होटेललाई पनि मुस्लिम पर्यटकको निम्ति मेनु बनाउन आग्रह गरे।