सञ्जिब ठकुरीको “इशारामा चल्छ दुनिया” बोलको गीत सार्वजनिक

भाद्र २२,२०७६

-

भदौ २२, २०७६काठमाडौं  । 
 
भदौ २१ गतेका दिन लोक सम्राट कुमार बस्नेतको प्रमुख आतिथ्यतामा मोडल सञ्जिब ठकुरीको “इशारामा चल्छ दुनिया” बोलको गीतको भिडियो सार्बजनिक भएको छ ।
 
यो गीतमा सञ्जिब ठकुरी आफैले स्वर दिएका छन् । सानोमा गीत गाउने सपना भए पनि मोडलिङ तिर काम गर्दै थिए तर गीत गाउने र गायक बन्ने सपना पनि पुरा भएको उनले बताए ।
 
जडीबुटी स्थित सैलुङ्ग रोधिमा भएको गीत बिमोचन कार्यक्रममा निर्देशक तथा सम्पादक क्रान्ति केसी लगायत धेरै जना कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । 
 
यस कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए । बिमोचन कार्यक्रममा अडियो निर्माण पक्ष र भिडियो निर्माण पक्षलाइ मायाको चिनो समेत बितरण गरिएको थियो ।
 
 
सञ्जिब ठकुरीको स्वर अनि रोशन सिङ्गको शब्द, संगीत रहेको गीतलाई बिशाल निरौलाको सगीत संयोजन साथै कुमार रानाको अडियो मिक्सिङ्ग रहेको छ । 
 
गीतको भिडियोमा क्रान्ति केसीको निर्देशन ,अजय रेग्मीको छायांकन र क्रान्ति केसीको सम्पादन रहेको छ । भिडियोमा सन्जिब ठकुरी र राजकुमार रोका लगायतको अभिनय हेर्न पाईन्छ ।
 
https://www.youtube.com/watch?v=hrEwp-f1MMo