विश्वकप छनोटमा चाइनिज ताईपेईविरुद्ध नेपालको विजयी सुरुआत

भाद्र २४,२०७६

-

भदौ २४,२०७६ काठमाडौं ।
सन् २०२२ मा हुने विश्वकप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताईपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ ।
 
मंगलबार ताईपेई स्टेडियममा भएको खेलमा नेपालले ताईपेईलाई २-० गोल अन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउन अन्जन विष्टले दुई गोल गरे । खेलको तेस्रो मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।
 
पहिलो हाफमा १(० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गरे । अन्जनले खेलको ६३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई जित दिलाए ।
 
नेपाल छनोट चरणको पहिलो खेलमा केवेतसँग ७-० गोल अन्तरले पराजित भएको थियो । आजको जितसँगै नेपाल दुई खेलबाट तीन अंक जोड्दै समूह ‘बी’ तेस्रो स्थानमा उक्लेको छ ।
 
नेपालले अजाको खेलमा जित निकालेसँगै विश्वकप छनोटमा आफ्नो सम्भावना बलियो बनाएको छ ।