नियम उल्लङ्घन गर्ने गए राति १ हजार २७७ जना चालक कारबाहीमा

भाद्र २५,२०७६

-

भदौ २५ ,२०७६ चितवन । 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंका विभिन्न स्थानमा गए राति १ हजार २७७ जना चालकलाई कारबाही गरेको छ । उपत्यकाभर रहेका महाशाखाका विभिन्न प्रभाग प्रमुखसहित महाशाखाबाट खटेको टोलीले ती चालकलाई कारबाही हो ।
 
मापसे, लेन मिचेको, बढी भाडा असुलेको, जेब्राक्रसमा सवारी रोकेको, तीव्र गतिमा चलाउने र टाइमकार्ड उल्लङ्घन गर्ने टिपर, ट्रक, अनधिकृत पार्किङ गरेको, निषेधित क्षेत्रमा हर्न बजाएकोलगायत कसुरमा प्रहरीले एकैरात ती संख्याका सवारीलाई कारबाही गरेको हो ।
 
महाशाखामा हालै नियुक्त भएका एसएसपी भीमप्रसाद ढकालले बोलीमा नम्रता र कारबाहीमा कडाइ नीति ल्याएसँगै नियम उल्लङ्घन गर्ने चालक कारबाहीलाई प्रहरीले तीव्रता दिएको हो । एसएसपी ढकालले उपत्यकामा हुने सवारी चालक कारबाहीको तथ्यांक दैनिक रुपमा सार्वजनिक गर्नेसमेत बताएका छन् ।