जेठ २३,२०७४
-
जेठ २३ -
शशस्त्र प्रहरी बल (एपीएफ)लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कपको फाइनल प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा डकवर्थ लेविस अनुसार ३४ रनको जित निकाल्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । निरन्तर पानी परेपछि डकवर्थ एण्ड लुइसको नियममा सशस्त्रले २८ ओभर तीन बलमा १७३ रन बनाउनुपर्ने भयो ।
पुलिसका लागि ओपनर सुनिल धमला (२६) र अमित श्रेष्ठ (२६) ले पहिलो विकेटको लागि ६७ रनको साजेधारी गर्दै पुलिसलाई राम्रो सुरुवात दिलाएका थिए । १५ औ ओभरमा अफ स्पिनर ज्ञानेन्द्र मल्लले दुवै ओपनरलाई पेभेलियन फर्काएपछि ६८/२ को स्थितिबाट तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका कुशल भुर्तेलले चौथो विकेटको लागि दिपेन्द्र ऐरीसंग ६८ रनको साझेदारी गर्दै पुलिसको इनिंग उकासेका थिए । पुलिसका लागि कुशलले ५२ रनको अर्धसतकिए पारी खेले । यस्तै सिद्धान्त लोहनीले ४०, दिपेन्द्रसिंह ऐरीले ३७ रन बनाए ।
बलिङ तर्फ अनील साहले तीन तथा कप्तान ज्ञानेन्द्र मल्ल र अरूण ऐरीले समान दुई दुई विकेट लिए ।
पुलिसले दिएको २५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपिएफले २८ ओभर ३ बलमा ६ विकेटको क्षतिमा १३८ रन बनाएर खेलीरहदा खेल वर्षाले प्रभावित गरेको थियो । एपिएफका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४५ र सन्दिप सुनारले ३६ रन बनाएका थिए ।
त्यसपछि खेल भएन र, डकवर्थ लेविस नियमका आधारमा एपिएफले २८ ओभर ३ बलमा १७३ रनको नयाँ लक्ष्य पाएपछि खेल पुलिसले जित्यो ।
अब फाइनलमा पुलिसले आर्मी र पश्चिमाञ्चल बिचको विजेतासँग खेल्नेछ ।
प्रमुख समाचार
सम्वन्धित समाचार