Trending :
 

दशैका लागि दाङबाट पाँच सय खसीबोका काठमाडौं ल्याइदै

भाद्र २६,२०७६

-

भदौ २६,२०७६ काठमाडौं। 
यस वर्षको दशै, तिहार तथा छठका लागि दाङबाट पाँच सय खसीबोका काठमाडौं ल्याइँदै छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी दाङले उक्त परिमाणमा खसीबोका पठाउन लागेको हो । 
केन्द्रबाट पाँच सय खसीबोका पठाउने परिपत्र आएपछि उक्त कार्य गर्न थालिएको कार्यालयका प्रमुख माधब मिश्रले बताए । अहिले किसानसँग समन्वय भैरहेको प्रमुख मिश्रले जानकारी दिए । खसीबोका काठमाडौं पठाउन ढुवानीको समस्या हुने गरेको उनको भनाइ छ । 
 
सार्वजनिक सवारी साधनमा पठाउँदा बाटोमा मर्ने र त्यसको जिम्मा गाडीधनीले लिनुपर्ने भएकाले पनि ढुवानीकर्ताले ढुवानी गर्न नमान्ने उनले बताए । त्यसैले निजि ढुवानी व्यवसायीहरुसँग छलफल गरेर खसीबोका ढुवानी गर्ने योजना बनाएको उनको भनाइ छ । 
 
ढुवानी सम्झौता भएपछि दाङमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा खाद्य संस्थानका प्रमुख र भेटनरी प्रमुखको बैठक बसी मूल्य निर्धारण गरेर खसीबोका खरिद गरि पठाइने छ ।