चिनियाँ प्रस्तावमा अघि बढेको बिआरआईले नेपाललाई ठूलो सहयोग पुग्ने विश्वास
-
भदौं २९,२०७६ काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ प्रस्तावमा अघि बढेको बिआरआईले नेपाललाई ठूलो सहयोग पुग्ने बताएका छन् ।
नेपाल बुद्धिजिवी संगठनले आयोजना गरेको बीआरआई सम्बन्धी बहसको उद्घाटन गर्दै अध्यक्ष दाहालले सैन्य गठबन्धन बनाउन वा अपवित्र कामका लागि नभई बीआराआई समावेशी विकासका लागि भएकाले नेपाल यसको मु्ख्य सहयोगी बन्ने बताए ।
उनले विश्व शान्ति र मानवजातिका हितको पक्षमा बीआरआई सम्बन्धी संझौतामा आफ्नै पालामा हस्ताक्षर गरिएको समेत बताए ।
अध्यक्ष प्रचण्डले नेपालमा अहिले तार्किक र अध्ययनशिल बहस हुन छाडेको भन्दै भिड र आवेगले समाजलाई नेतृत्व गर्दै लाने खतारा रहेकोमा चिन्ता व्यक्त गरे ।
विवेकले भन्दा आवेगले समाजलाई निर्देशित गर्न खोज्दा परिवर्तन गुम्नेतर्फ सचेत हुनुपर्ने भन्दै उनले सरकारले पनि जनअपेक्षा अनुसार कामलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवलीले बीआराआईका बारेमा नेपालमा गलत हल्ला भएको भन्दै यसबाट नेपालले धेरै फाइदा लिने बताए ।
उनले विश्व बजारमा नेपाली उत्पादनको प्रतिपर्धा हुने भन्दै बीआरआईको काम अब फटाफट अघि बढ्ने बताए ।
कार्यक्रममा कांग्रेस नेतृ सुजाता कोइरालाले बीआरआई कांग्रेस सरकारकै पालामा सम्झौता भएको आयोजना भन्दै यसबाट नेपालले धेरै लाभ लिनुपर्ने र बीआराआई आयोजना अघि बढाउँदा भारतलाई समेत असन्तुष्ट पार्न नुहने बताए ।
नेकपा नेता अग्नी सापकोटा, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल लगायतलकाले बीआरआई महत्वपूर्ण परियोजना भएको चर्चा गरे ।