चलचित्र ‘लक्ष्मी रानी’को पोष्टर सार्बजनिक

आश्विन ०१,२०७६

Nepali Flim-Laxmi rani

-

काठमाडौं । नारी बिषयलाई केन्द्र विन्दुमा राखेर निर्माण गरिएको सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’को आधिकारिक पोष्टर बुधबार सार्बजनिक गरिएको छ । चलचित्रकी निर्देशक शुभेच्छा थापाले पोष्टर सार्बजनिक गर्दे चलचित्रको सम्पुर्ण काम सकिएकोले चलचित्र युनिट टिम अब प्रचारमा केन्द्रीत हुने जानकारी दिइन । देशका बिभिन्न भागमा पुगेर छायाँकन गरिएको यो चलचित्रको आन्तरिक काम पनि सबै सकिएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायाँकन गरिएको थियो । यो चलचित्रका दुईवटा पोष्टर सार्बजनिक गरिएको छ । पोष्टर सार्बजनिक गरेपछि निर्देशक थापाले अहिलेसम्म नेपाली चलचित्र क्षेत्रमा निर्माण भएका मध्ये नारी बिषयमा आधारित यो निकै फरक चलचित्र भएको बताइन् । यो चलचित्रको परिकल्पनाकारमा चर्चित पत्रकार विनोद त्रिपाठी रहेका छन् । ‘लक्ष्मी रानी’ चलचित्र यहि कात्तिक १ गते तिहारमा प्रदर्शनमा आउनेछ । 
 ‘लक्ष्मी रानी’ चलचित्र नायिका थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन् । यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जिवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि संघर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ ।
 द्धन्द्ध, मनमुटाव, संघर्ष, गरिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वंय थापाले गरेकी हुन् । 
 Image may contain: 23 people, including Dhiren Shakya, Khagendra Nepal, Khem R. Lamichhane, Binod Tripathi, Suvechchha Thapa and Pardeshi Shah, people smiling, text
 ‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी रहेका छन् । चलचित्रमा सामाजिक तथा ब्यबसायमा सफल ब्यक्ति र नयाँ कलाकारहरुको पनि जोडदार प्रस्तुति रहेको छ ।  पत्रकार त्रिपाठी सहित खेमराज लामिछाने, अंचल वान्तवाको समेत यो चलचित्रमा अभिनय रहेको छ ।
 अन्य कलाकारमा कमल साउद, सावित्री चिलुवाल, रामु विरही, माधव प्रसाद सिग्देल, जिवन खड्गी, नवराज पाण्डे, विनोद ठाकुर, दामोदर ढकाल, लक्ष्मी राई, नविन चापागाईं, शारदा राई लगायतका कलाकारहरुको अभिनय समेत रहेको छ । 
 चलचित्रमा ‘लक्ष्मी रानी लाई ....’ भन्ने वोलको शिर्ष गित रहेको छ । यसमा गायिका तथा गायकमा जुनु रिजाल–दौलत राई र  गितकार लोक राई रहेका छन् । अर्को ‘फुल्यो सयपत्री.... ’ भन्ने वोलको गितमा गायक गायिका ध्रुबराज अधिकारी–संगिता तिमिल्सेना र गितकार शंकर अधिकारी ‘घायल’ रहेका छन् ।
 दुवै गितमा चर्चित युबा संगितकार बबुल गिरीको संगित रहेको छ । चलचित्रलाई रामेश्वर हुमागाईं , दुर्गा वान्तवा राई  र बासु न्यौपानेले छायाँकन गरेका छन् । सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रा.लिले जिम्मा लिएको छ । चलचित्रको यतिबेला धमाधम डबिङको काम भइरहेको र यहि २०७६ सालको तिहारमा प्रर्दशनमा आउने तयारी थालिएको निर्माण पक्षले जनाएको छ ।
 ‘लक्ष्मी रानी’ चलचित्रको सुदुरपश्चिमको दार्चुला, नेपालगञ्ज, चितवनको सौराहा, भैरहवा, काभ्रेको पनौती र काठमाडौंमा सुटिङ गरिएको थियो । यो चलचित्रमा हाम्रो समाजमा नारीहरुले जिवन जिउनका लागि कसरी संघर्ष गर्नु परेको छ भन्ने देखाउन खोजिएकोले सम्पुर्ण नेपाली दर्शकलाई  ‘लक्ष्मी रानी’ मनपर्ने निर्देशक थापाले दाबी गरिन् । नेपाली चलचित्र क्षेत्रमा यो फिल्मले ब्रेक थु्र गर्नेछ, उनले भनिन् । यहि तिहारमा प्रर्दशनमा आउने ‘लक्ष्मी रानी’ चलचित्र हेर्न सम्पुर्ण नेपालीलाई निर्देशक थापाले आग्रह समेत गरेकी छिन् ।