लक्ष्मी निर्मल कोइरालको स्वरमा ‘मायाको मिटर‘’

आश्विन ०४,२०७६

-

असोज ४,२०७६ काठमाडौं। 
लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर‘’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्दरसङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।  
अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।
 
उत्सव दाहालको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङरमाष्टरिङ रहेको छ ।