चलचित्र ‘लक्ष्मी रानी’ कात्तिक १ मा प्रदर्शन हुने, चर्चित गित बजारमा

आश्विन ०५,२०७६

Nepali Movie Laxmi Rani

-

काठमाडौं । निकै महत्वपुर्ण रुपमा हेरिएको नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’को चर्चित गित बजारमा आएको छ । लक्ष्मी रानीलाई .....बोलको कोरस यो गितले नेपाली संगित दुनियामा राम्रो स्थान ओगट्न सक्ने ‘लक्ष्मी रानी’ चलचित्र निर्माणकर्ताले दावी गरेका छन् । यहि कात्तिक १ गते तिहारमा प्रर्दशन हुन लागेको ‘लक्ष्मी रानी’ चलचित्रको यो गितले सबैको मन जित्ने कलाकारहरुको अपेक्षा रहेको छ । 
 नारी बिषयलाई केन्द्र विन्दुमा राखेर निर्माण गरिएको सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’को यो गितमा शुभेच्छा थापा, परदेशी साह र जयकिसन बस्नेतको धमाकेदार प्रस्तुति रहेको छ ।  गितमा चर्चित गायिका जुनु रिजाल र  दौलत राईको स्वर तथा युवा संगितकार बबुल गिरीको संगित , गितकार लोक राईका शब्दहरु रहेका छन् । गित सार्बजनिक गरेपछि चलचित्रकी निर्देशक तथा नायिका शुभेच्छा थापाले नेपालका एक दर्जन स्थानमा सुटिङ गरिएको यो गितले दर्शक तथा स्रोताको मन जित्ने बिश्वास ब्यक्त गरिन् । यो गित यूट्युवमा ‘दिलमा राखौंला लक्ष्मी रानीलाई...’ सर्च गरेपछि हेर्न सकिनेछ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायाँकन गरिएको फिल्म हो । चर्चित पत्रकार विनोद त्रिपाठी यो चलचित्रका परिकल्पनाकार हुन् । यो चलचित्र बिशुद्ध नेपाली नारीको अबस्था र सामाजिक परिवेशमा आधारित छ ।  
 ‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन् । यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जिवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि संघर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ ।
 द्धन्द्ध, मनमुटाव, संघर्ष, गरिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वंय थापाले गरेकी हुन् ।  
 ‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी लगायत रहेका छन् । ‘लक्ष्मी रानी’ यहि कात्तिक १ गतेदेखि तिहारको अबसर पारेर प्रदर्शनमा आउनेछ ।