रामेछाप कप फुटसलको उपाधी अनेरास्ववियूलाई
-
असोज,२०७६ काठमाडौं ।
अनेरास्ववियू रामेछापले प्रथम रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार भएको फाइनल खेलमा लिखु भुजी युवा क्लब रामेछापलाई टाई ब्रेकरमा २-० ले पराजित गर्दै अनेरास्ववियूले उपाधि जितेको हो ।
शान्तिनगरस्थित शान्तिनगर फुटसलमा भएको फाइनल खेल निर्धारित समयसम्म गोलरहित टुङ्गिएपछि टाई ब्रेकरमार्फत विजेताको टुङ्गो लगाइएको थियो ।
टाई ब्रेकरमा अनेरास्ववियूका दुई खेलाडीले गोल गर्दा लिखु भुजीका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् ।
यस्तै, डाइनामिक युथले तेस्रो स्थान हात पा¥यो । तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा महाकाली युवा क्लबलाई २-० ले पराजित गर्दै डाइनामिक तेस्रो भएको हो । डाइनामिकका लागि नविन गुरुङ र समिर तामाङले एक÷एक गोल गरेका थिए ।
उपाधिसँगै अनेरास्ववियूले २५ हजार प्राप्त गरेको छ । यस्तै, दोस्रो भएको लिखु भुजीले १५ हजार र तेस्रो भएको डाइनामिकले १० हजार पुरस्कार प्राप्त गरेको छ ।
विजेता टोली र खेलाडीहरूलाई रामेछाप जिल्लाका सांसद श्यामकुमार श्रेष्ठ, जिल्ला विकास खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष पुरुशोत्तम कडेरिया,भलिवलका राष्ट्रिय रेफ्री सिताराम कार्की, व्यवसायी राकेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
विजेता टोलीलाई शुभकामना दिदै सांसद श्रेष्ठले समाचारमार्फत सबैलाई सूसुचित गर्ने पत्रकारहरूले फुटसल प्रतियोगितामार्फत जिल्लाबासीलाई जोड्ने महत्वपूर्ण काम गरेको बताएका थिए ।
रामेछाप-काठमाडौं पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा रामेछाप जिल्ला भरिबाट २७ टोलीले सहभागीता जनाएका थिए । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी प्रतियोगिताको सञ्चालन गरिएको थियो ।