जेठ २४,२०७४
-
जेठ २४ -
एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपालले मंगलबार भारतसँगको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा २–० गोल अन्तरले पराजय बेहोरेको छ ।
मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा भएको मैत्रीपूर्ण खेलको पहिलो हाफ सम्म ०-० को बराबरी खेल खेलेको नेपालले खेलको मध्यानतर पश्चात भने अपेक्षा अनुरुप खेल खेल्न सकेन ।
५९ औँ मिनेटमा भारतका सन्देश झिनगनले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको ६७ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जन रातो काड पाएर बाहिरिए पश्चात नेपाली टोलि १० खेलाडिमा सिमित हुन् पुग्यो । १० खेलाडीमा सीमित भएको नेपाललाई ७८ औँ मिनेटमा जेजे लालपख्लुले दोस्रो गोल गरे पश्चात नेपालले २-० को हार बेहोर्न पुग्यो ।
यो समेत गरी नेपाल र भारत अहिलेसम्ममा १९ पटक आमने सामने भएका छन् । जसमा भारत १३ पटक विजयी भएको छ भने नेपालले २ खेल मात्र जितेको छ। बाँकी ४ खेल बराबरीमा टुङ्गिएको थियो ।
प्रमुख समाचार
सम्वन्धित समाचार