Trending :
 

विद्युत बक्यौता नतिर्ने १ सय ९५ कम्पनीको नाम सार्वजनिक :

६५ करोड ८ लाख ७६ हजार ६ सय ३१ रुपैयाँ ३१ पैसा बाँकि

आश्विन ०७,२०७६

-

असोज ७,२०७६ काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने १ सय ९५ कम्पनीको नाम सार्वजनिक गरेको छ । हाल बन्द भइसकेका वायुसेवा कम्पनी, ट्राभल, टूर तथा विभिन्न कम्पनीबाट बक्यौता रकम उठाउन नसकेपछि प्राधिकरणले रकमसहित सार्वजनिक गरेको हो ।
 
नेपाल नागरिक उड्डयन र अन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालयबाट ६५ करोड ८ लाख ७६ हजार ६ सय ३१ रुपैयाँ ३१ पैसा बराबरको रकम उठाउन बाँकि रहेको छ । ‘मंगलबार सार्वजनिक गरेको बक्यौता बन्द भइसकेका कम्पनीको हो,’ प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने, ‘संचालनमा रहेका वायुसेवा कम्पनी, अन्य कम्पनी र सरकारी एजेन्सीको बक्यौता भने यहाँ उल्लेख गरिएको छैन ।’
 
 
प्राधिकरणका अनुसार सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र रकम बुझाउन कम्पनीहरुलाई समय तोकिएको छ । तोकिएको समयमा पनि बक्यौता नतिरे कानून अनुसार कारवाही प्रक्रिया थाल्ने प्राधिकरणले स्पष्ट पारेको छ ।
 
विगतमा सञ्चालनमा रहे पनि अहिले बन्द भइसकेका वायुसेवा कम्पनीको बक्यौता बढी देखिएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी एयर एसियाको बक्यौता छ । नेपाल उडान रद्द गरिसकेको यो कम्पनीले कूल १८ करोड ९४ लाख २१ हजार ४ सय ५७ रुपैयाँ प्राधिकरणलाई तिरेको छैन ।
 
कम्पनीहरुको बक्यौता सुची
 
एयर एसियाः १८ करोड ९४ लाख २१ हजार ४ सय ५७
 
एयर डाइनेस्टीः ४ लाख १८ हजार ३ सय ९७
 
अग्नी एयरः १ लाख ११ हजार १ सय ९५
 
एयर काष्ठमण्डपः १४ हजार ५ सय ७३,
 
एयर नेपालः ७८ हजार ८ सय ९७,
 
एयर सहारा जेटः ३४ लाख ७८ हजार १ सय २६
 
अल्फाइन एयरः ७२ हजार ७ सय २८
 
अल्टिच्यूड एयरः ३ लाख ७६ हजार ९ सय २५
 
फिस्टेल एयरः २७ लाख ३१ हजार ६ सय ६२
 
गरुण एयरः २७ हजार ४ सय ४० रुपैयाँ
 
जीएमजी एयरलाइन्सः १ लाख ५९ हजार १ सय १ रुपैयाँ
 
गोर्खा एयरलाइन्सः ले १९ लाख ११ हजार १ रुपैयाँ
 
गोर्खा हेलि हेन्सः ३८ हजार ९ सय १० रुपैयाँ
 
हेलि एयरल नेपालः ४ लाख ६४ हजार ४ सय १२
 
जेट एयरवेजः ३ करोड ५५ लाख ७२ हजार ६ सय ४३
 
कर्णाली एयरः १७ लाख २४ हजार ३ सय ७२
 
लुफ्थान्सा एयरलाइन्सः १० लाख ६३ हजार ६ सय ४४
 
लुम्बिनी एयरवेजः २५ लाख ८२ हजार ३ सय ४
 
मनकामना एयरः ९ हजार १ सय ४३
 
नेकोन एयरः ४ करोड ७२ लाख ५८ हजार ३ सय ४३
 
प्रभू हेलिकोप्टरः ७ लाख २८ हजार ६ सय २६
 
राक एयरवेज: १ लाख ८३ हजार ७ सय ७२
 
रिजेन्ट एयरवेजः ६ लाख ६० हजार
 
सांग्रीला एयर, सिभानी एयर, स्काइलाइन एयरवेज, तुई एयरलाइन्स, यूनाइटेड एयरवेजलगायतले पनि प्राधिकरणको बक्यौता नतिरेको सूचिमा उल्लेख छ ।